मुम्बइ। फिल्मफेयर अवार्ड २०२० मा आफ्नो पहिरनका कारण बलिउड अभिनेत्री उर्वशी रौतेला ट्रोलको शिकार भएकी छिन् । उर्वशी निकै फरक गेटअपमा पुगेकी थिइन् । आफ्नो पहिरनका कारण उनलाई ट्रोल गरिएको हो । उर्वशीले इन्स्टाग्राममा फोटो र भिडियो शेयर गरेकी छिन् जसमा उनी निकै ठूलो र भारी गाउन लगाएकी देखिएकी छिन् ।
उर्वशीको यो रातो पहिरन चर्चाको विषय बनेको छ । उर्वशी आफैंले यो भिडियो शेयर गर्दै यो गाउन लगाएर बस्दा आफू ४ वटा सीटमा बसेको लेखेकी छिन् । उर्वशीलाई यो पहिरनका कारण ट्रोल गरिएको छ । मानिसहरु १ सिटमा बस्न पैसा दिएर गएको ठाउँमा उनी ४ सिटमा बसेको भन्दै खिल्ली उडाएका छन् । एक जनाले त यो कपडाले पूरै गाउँले कपडा लगाउन सक्ने लेखेका छन् ।