मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटक लाग्न सक्छ सावधान रहनु होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रुपैयाँ पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पढाइ लेखाइमा राम्रो नतिजा आउन सक्छ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला ।

तपाईको प्रतिक्रिया