बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खान अभिनित फिल्म ‘लभ आजकल’को बक्स अफिस व्यापार सोमबार झनै खस्किएको छ । सोमबार फिल्मले २ करोड ७५ लाखको मात्र व्यापार गरेको हो । फिल्मले शुक्रबार १२ करोड ४० लाखको ओपनिङ व्यापार गरेको थियो ।

फिल्म प्रदर्शन अघि दर्शकबीच फिल्मको चर्चा खुबै सुनिन्थ्यो। तर, फिल्म प्रदर्शनमा आएपछि दर्शकले ‘लभ आजकल’ लाई मनपराएनन्।

अहिलेसम्म फिल्मको व्यापार ३५ करोड पुगेको छ। यो निराशाजनक नतिजासँगै बलिउड पण्डितले फिल्मले ४० करोडसम्मको व्यापार गर्ने अनुमान गरेका छन्। फिल्ममा मुख्य भूमिकामा देखिएका कार्तिक अब ‘दोस्ताना-२’ र ‘भूलभूलैया-२’को छायांकन गर्ने तयारीमा छन्।

तपाईको प्रतिक्रिया