काठमाडौँ — अमेरिकन आइडलको शीर्ष २० मा छनोट भएका नेपाली गायक दिवेश पोखरेलको अडिसन भिडियो सार्वजनिक भएको छ । अडिसन कोठाभित्र नमस्कार गर्दै प्रवेश गरेका दिवेशले आफ्नो गायकीबाट निर्णायकलाई मोहित पारेका छन् ।

अडिसनमा उनले बब डिलनको ‘गर्ल फ्रम दि नर्थ कन्ट्री’ गाएका थिए। उनको गायकी देखेर निर्णायक केटी पेरीले भनिन् ‘हि इज दि बेस्ट’। उनले परिचय दिँदै गर्दा निर्णायकमध्यकी केटीले सोधिन् ‘तिम्रो वास्तविक नाम के हो ?’

आर्थर गनको नाममा स्टेजमा गएका उनले आफ्नो नामको अर्थ प्रकाश भएको बताउँछन्। केटीले थप्छिन्, ‘इट मिन्स दि बेस्ट’। उनको प्रस्तुतिपछि केटीको मुखबाट पनि यही निस्कियो ‘हि इज दि बेस्ट। तिमी रकस्टार हौ’। निर्णायक लियोनल रिचीले अंकमाल गर्दै भने ‘तिम्रो यात्रा कहाँ पुग्दै छ तिमीलाई पनि थाहा छैन’। गायक लुक ब्रायनले आइडलकै ठूला स्टार बताएको प्रोमो यसअघि सार्वजनिक थियो। अहिले दिवेशलाई नेपाली दर्शकले बधाई दिन थालेका छन्।

तपाईको प्रतिक्रिया