मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विश्वास पात्रबाटै धोका हुने देखिन्छ । जीवन साथीको स्वास्थ्यमा प्रतिकूलता र आफूलाई समेत रोगले सताउने दिन छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइ लेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्म कर्म र समाज सेवामा विशेष लगाव बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेश यात्राको सम्भावना समेत रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसँग मनमुटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रतिस्पर्धाहरूमा विजयी भइनेछ । लामो समयदेखि रोकिएका काम समेत सहजै सम्पादन हुनेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आय आर्जनका नयाँ स्रोतहरू थपिनेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
खर्च गर्नु परेपनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको लगानीले फाइदै होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अनावश्यक खर्च र धनहानिको योग छ । साथै कहि दण्ड जरिवाना समैत पाइएला, सचेत रहनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावना छ । मान सम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । कृषि उत्पादन बढ्नेछ । साथै, एक्लोपनाको अनुभूति पनि होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
टाढाको यात्रा, धर्म कर्म वा मंगलमय कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला ।

तपाईको प्रतिक्रिया