नेपाल आइडल सिजन ३ को प्रतिस्पर्धा जारी छ | यो हप्ता ममता गुरुङ नेपाल आइडलबाट बाहिरिएकी छन् | अघिल्लो हप्ताको प्रस्तुतिपछी भोटिंग र जजहरुको मूल्यांकनका आधारमा पछी पर्दै ममता बाहिरिएकी हुन् | त्यो संगै झापाकी रचना रिमाल भने लगातार यो हप्ता पनि सर्वाधिक भोट प्राप्त गर्न सफल भएकी छिन |

अडिसन बाटै चर्चामा आएकी रचनालाई देस् बिदेशमा बस्ने धेररै नेपालीले धेरै माया र सपोर्ट गरिरहेका छन् | यो संगै रचना नेपाल आइडलको टप ८ मा पुग्न सफल भएकी छन् | रचना संगै प्रविन बेडवाल, सज्जा चौलागाईं, मेघा श्रेष्ठ, नेशन पुन मगर, केविन ग्लान तामांग लगायतका प्रतिस्पर्धी रहेका छन् |

तपाईको प्रतिक्रिया