काठमाडौँ — सोमबार अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । यही साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि विवाह गर्दैछन् ।

तस्बिर: अभिनेत्रीका सामाजिक संजालबाट

दुई अभिनेत्रीका लागि यो हप्ता निकै विशेष बन्यो। अभिनेत्री प्रियंकालाई पछिल्लो समय ब्याचलर पार्टीका तस्बिर इन्स्टाग्राममा राख्न भ्याइ नभ्याई थियो।

मंगलबार प्रियंकाले हातमा मेहेन्दी लगाएकी छिन्। आयुष्मानलेसमेत आफ्नो हातमा मेहेन्दीले प्रियंकाको नाम लेखेका छन्। यतिखेर यी दुईलाई बधाई दिनेको ओइरो छ। लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले गत असारमा इन्गेजमेन्ट गरेका थिए।

आँचल र उदीप भने यही फागुन अन्तिमतिर बिहे गर्ने चर्चा छ।

तपाईको प्रतिक्रिया