‘मिस युनिभर्सको प्रावधानअनुसार प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्छ। ३ वर्ष भयो हामीले यो लाइसेन्स प्राप्त गर्न थालेको। तर यसपाली अचानक उहाँहरुले हामीलाई लाइसेन्स नदिने निर्णय गर्नुभएछ’, निर्देशक सुवर्ण क्षेत्रीले भने, ‘यो दुखद कुरा हो। तर उहाँहरुले के पनि भन्नु भएको छ भने, यो यस वर्षको लागि मात्र हो। हिडन ट्रेजरले फेरि लाइसेन्स नपाउने भनेको होइन त्यो ढोका खुल्ला छ, अर्को वर्ष दिन पनि सक्छ।’
नेपालसँग सहकार्य नगर्नुको कारणबारे मिस युनिभर्सले केही खुलाएको छैन। हिडन ट्रेजरले सहकार्य नगर्नुको कारण मिस युनिभर्ससँग सोधेको थियो। तर मिस युनिभर्सले ठोस कारण नरहेको उल्लेख गरेर पत्र पठाएको छ
यससँगै हिडन ट्रेजरले मिस नेपाल २०२० का लागि आवेदन खुल्ला गरेको छ। प्रतिस्पर्धामा भाग लिन चाहनेले मार्च २७ सम्म आवदेन दिन ट्रेजरले जनाएको छ। मिस नेपालको फिनाले आगामी मे १५ मा होटल अन्नपूर्णमा हुनेछ। मार्च ८- २४ सम्म राजधानी बाहिरका धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र बिर्तामोडमा अडिसन गरिने भएको छ।
यसपटक विजेतालाई २ लाख ५० हजार र उप-विजेतालाई २५ हजार प्रदान गरिने ट्रेजरले जनाएको छ।