मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
समय मध्यम स्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
हाँस खेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रशस्त मात्रामा जानेछ ।