काठमाडौँ – युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ l त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् निशा श्रेष्ठ।

नृत्य तथा अभिनयमा पोख्त मोडलनिशा श्रेष्ठ सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

काठमाडौँ इचंगुनारायण स्थायी बासिन्दा निशा श्रेष्ठ बिगत ३ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल निशा, हासिरहने शालीन स्वभावकि छिन ।

निशा श्रेष्ठ यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने निशा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।

आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी निशाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन l सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका तथा फेसन सो हरुमा सो स्टपर्स समेत रहिसकेकी उनले करिब २ दर्जन फेशन सो हरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल निशा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

स्नातक तहमा अध्ययनरत निशा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन । मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ निशा भन्छिन । उनि अभिनित नयाँ म्युजिक भिडियो चाडैनै बजारमा आउदै छ भने उनि अध्यापन पेशामा समेत आबद्ध छिन ।

तपाईको प्रतिक्रिया