नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटीशो ‘नेपालस्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ।जसका लागि आइतबार ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि’का प्रमुख रविन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरी बीच सम्झौता भएकोछ।

सम्झौता पश्चात बोल्नु हुर्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए। ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार भएको ररियालिटीशोबाट धेरै राम्रो–राम्रो संगीत प्रेमीहरु स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो।’

वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउनुहुदैँ कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजीकम्पनिलाई धन्यवाद व्यक्त गर्नुभयो।

रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जुपन्त रहनुभएको छ। नेपालस्टारको पहिलो चरणको अडिसन सकिएको छ।सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो।

प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपालस्टार कमजोर नभएको बताउनुभयो। दर्शकले फ्रेन्चाइज शोकै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजिरहेका बेला त्यो अपेक्षालाई यस रियालिटी शो ले पूरा गर्नेमा ढकालको विश्वास रहेको थियो।

अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले तयो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरिन् ।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्रविष्टले जनाकारी गराउनुभयो। ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं। उत्कृष्ट चार जनालेनै जनही ५लाख पुरस्कार पाउनुहुने छ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ।’अध्यक्ष विष्टको भनाई थियो।

तपाईको प्रतिक्रिया