लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्म ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’ को आव्हान गरेको छ । बहुपती प्रथाको कथामा आधारित हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्ने छन् । फिल्मको कथा निर्देशक सुनारले नै लेखेका हुन् भने छायांकन अरोन अशोककुमारले गर्नेछन् ।
अडिसनमा सहभागी हुन इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । त्यहि भिडियोको आधारमा उत्कृष्टलाई छानेर अडिसनमा बोलाइनेछ । अडिसन फागुन २९ गते हुनेछ ।
फिल्म चैत्रको दोस्रो साताबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन जुम्ला, मुगु र डोल्पामा हुनेछ ।

तपाईको प्रतिक्रिया