केही दशकअघि नायिका रेखा थापाको फिल्म उद्योगमा एकछत्र राज थियो । उनलाई फिल्ममा काम गराउन निर्माताहरु बीच प्रतिस्पर्धा नै हुन्थ्यो । सार्वजनिक कार्यक्रम र फिल्ममा पनि रेखा प्रायः छोटो कपडामा नै देखिने गर्थिन् । आजभोलि भने उनलाई प्रायः पूरै जिउ ढाक्ने कपडामा सार्वजनिक कार्यक्रमहरुमा देखिन्छ । समय यस्तो पनि थियो कि

समाजमा कुनै युवतीले छोटो कपडा लगाउँदा मान्छेले रेखा थापासँग तुलना गरि दिन्थे । रेखा थापालाई त अझ देखा थापा भनेरै चिन्न थालिसकेका थिए । गाईजात्रामा हास्य कलाकारले गर्ने प्रहसनमा पनि रेखा छोटो पहिरनका कारण मजाकको पात्र बन्थिन् । हालै एक कार्यक्रमका सिलसिलामा रेखाले पहिरनलाई लिएर मान्छेको चरित्र मूल्याङ्कन गर्ने कुराले आफूलाई अचम्मित तुल्याउने बताएकी छिन् ।

सोमबार पत्रकार डिबी खड्काले प्रकाशन गरेको पुस्तक ‘नियत’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रेखाले भनिन्, ‘एउटा कुरा चाहिँ मलाई अचम्म के लाग्यो भने मान्छेले पहिरनलाई हेरेर मान्छेले चरित्र मूल्याङ्कन गर्छन् ।’ उनले यसरी पहिरनका आधारमा चरित्रको मूल्याङ्कन गर्नु गलत भएको बताइन् । पहिरनले मान्छेको चरित्र छुट्याउन नसक्ने रेखाको भनाइ थियो ।

‘सामान्य कुर्ता सुरुवालभित्र पनि चरित्र फरक हुन सक्छ । कुनै युवतीले अल्कोहल लिएर बस्यो भन्दैमा मान्छे गलत होइन,’ उनले भनिन् । साथै रेखाले आफू हिं’सामा नपरेको पनि बताइन् । बरु यो क्षेत्रमा महिला मात्र नभएर पुरुष पनि हिं’सामा पर्ने गरेको उनले बताइन् ।

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थी सितको अन्तर संवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ।’

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केही बेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए- ‘म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैन, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो-अविचलित हिम्मत । पाठक पत्र बाट

तपाईको प्रतिक्रिया