बलिउड अभिनेत्री तनुश्री दत्ताकी बहिनी इशिता दत्ता आफ्नो नयाँ–नयाँ तस्बिरको कारणले सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् । हालसालै इशिताको केही तस्बिरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । उनको पानीमा भिज्दै गरेको तस्बिर भाइरल भएको छ । इशिता दत्तको भाइरल तस्वीर

बलिउड अभिनेत्री इशिता दत्त अहिलेको समयमा टेलिभिजन शो ‘बेपनाह प्यार’मा मुख्य भूमिका निभाइरहेकी छन् । शोमा उनको भर्खरैको मेकओभरलाई प्रसंशकहरुले खुलेर प्रसंशा गरिरहेका छन् । शोमा उनी प्रया साडी अवतारमा देखिन्छिन् ।

अभिनेत्री इशिताले न्यूज एजेन्सी आईएएनएसलाई भनेकी छन्–‘मेरो भूमिकालाई लिएर आइरहेको प्रतिक्रिया मलाई मन परिरहेको छ । मेरो यस लुकलाई दर्शकहरुले मन पराइरहेका छन् । साथै मेरो भूमिकालाई पनि दर्शकहरुले निकै रुचाइरहेका छन् ।’ यसैबीच अभिनेत्री इशिताको केही नयाँ लुकहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया