केही समय अघि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको चर्चा परिचर्चा जताततै थियो । यो जोडीलाई पर्दामा मात्र होइन दर्शकले वास्तविक जीवनमा पनि सदैव सँगै हेर्न चाहेका थिए । तर पर्दाको सबै जोडीले कहाँ जीवन एक अर्कासँगै बिताउँछन् र ? दर्शकको मनले एक थोक खोजे पनि उनीहरूको व्यक्तिगत जीवन अर्कै हुन्छ । दर्शकले ‘आँप’ जोडीको रूपमा मन पराएका आँचल र पल एकसाथ नदेखिनु को कारण हो आँचलको विवाह । केही समय यता फिल्म इन्डस्ट्रीमा आँचल विवाह बन्धनमा बाँधिने हल्ला चलिरहेको छ र यसलाई उनले पनि स्वीकार गरेकी छिन् ।

आँचलले उनका प्रेमी डाक्टर उद्दीप श्रेष्ठ सँग यही वर्षको अन्त्यमा विवाह गर्दै छिन् । यस विषयमा अभिनेता पल लाई पनि थाहा छ ।आँचलको विवाह हुन लागेको थाहा पाउँदा खुसी व्यक्त गर्दै उनले भने, “दर्शकहरूले आँप जोडीलाई मन पराइदिनु भयो यो खुसीको कुरा हो ।

कत्तिलाई त हामी साँच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो ।हामी मिल्ने साथी मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सीमित भएको हो । आँचलले विवाह गर्दै हुनुहुन्छ जुन खुसीको कुरा हो । आँचललाई विवाह बन्धनमा बाँधिन लागेकोमा शुभकामना दिन चाहन्छु” ।

तपाईको प्रतिक्रिया