काठमाण्डौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ । बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरुले बिहेलाई भव्य बनाइरहेका छन् । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।
यसैविच, उनीहरुले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।
कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।