एजेन्सी : एकैदिनमा धेरै पटक सेक्स गर्दैमा आनन्द मिल्दैन । बरु यसलाई समयावधि अनुसार ग्याप गर्न र दुवैबीचको चाहनालाई बुझि सेक्स गर्नाले आफ्नो मात्र होइन पार्टनर को पनि सन्तुष्टि पुरा हुन्छ । यौनको मामलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति पटक सम्म सेक्स गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न ।

तर एक स्वस्थ तथा वयस्क पुरुषले यौनको चरम सुखानुभोगको आधारमा उसको यौनको मात्रा तथा तथा गन्ति गर्न सकिन्छ । पुरुषहरु मदिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहोर्याउने गरेको पाइन्छ ।

सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्स विशेषज्ञका सल्लाह यस्तो छ यौन सम्पर्कमा चरम सन्तुष्टि (अर्गाज्म) हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।

सिडक्सन

सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

सेनसेशन

यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्द्रियहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।

समर्पण

पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ ।

रिफलेक्सन

यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै–यस्तै । यसले दुवैलाई उल्लेख्य आनन्द प्राप्त हुन्छ ।

तपाईको प्रतिक्रिया