काठमाडौँ : बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई पुर्याउदै आएको योगदान तथा सौन्दर्य ब्यबसाय बाट युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको कार्यलाई उच्च मुल्यांकन गर्दै जनचेतना नेपालले अर्थ/ संचार तथा सूचना प्रबिधि मन्त्रि माननीय युवराज खतिवडाको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ जनचेतना सम्मान-२०७६ बाट सम्मानित गरेको छ l ‘

अत्यन्त निष्ठा तथा समर्पण भाबका साथ् आफ्नो क्षेत्र मार्फत युवा वर्गलाइ रोजगार सिर्जना गर्दै जनचेतना जगाउनुको साथै राष्ट्र र समाजलाई पुर्याउदै आएको अतुलनिय योगदानको कदर स्वरुप रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष युवा ब्यबसायी बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित गरिएको छ ।

सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको नेपालको न. १ पार्लर तथा फेसियल हाउस रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो l

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो l जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

तपाईको प्रतिक्रिया