काठमाडौं। कोरोनाभाइरसको प्रकोप जारी छ । चीनमा मात्र यसबाट ज्यान गुमाउनेहरुको संख्या ३ हजार नजिक पुग्न थालेको छ । झण्डै ८० हजार संक्रमित भएको पुष्टि भएको छ । यही बीचमा हलिउड सुपरस्टार ज्याकी चेनलाई पनि कोरोनाभाइरस संक्रमण भएको हल्ला चलेको छ । हल्ला फैलिएपछि फ्यानहरुले उनको विषयमा चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा लेख्न थालेपछि भने स्वयं ज्याकीले यस विषयमा बोल्नु परेको छ ।

ज्याकीले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै आफू सुरक्षित भएको र डराउनुपर्ने आवश्यकता नरहेको जानकारी दिएका छन् । ज्याकीले लेखेका छन् ‘चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद । म सुरक्षित र स्वस्थ छु । आशा गर्छु तपाइँहरु पनि स्वस्थ हुनुहुन्छ ।’ ज्याकीका विश्वभर ठूलो संख्यामा फ्यान छन् । ती प्रशंशक आफ्नो मन पर्ने सुपरस्टारको स्वास्थ्यका विषयमा चिन्तित थिए ।

तपाईको प्रतिक्रिया