बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पेरिस फेसन विक’मा सहभागी हुन इन्कार गरेकी छिन् । फ्रान्सको राजधानी पेरिसमा आयोजना भइरहेको फेसन विकमा जाने कार्यक्रम रद्द गरेकी हुन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले यो कदम उठाएको बताइएको छ । यसबारे सार्वजनिक विज्ञप्तिमा दीपिका फेसन विकमा सहभागी हुन जाने निश्चित भएको थियो । तर, कोरोना भाइरसको महामारीले फ्रान्समा समेत पकड जमाएकाले उनको यात्रा रद्द गरिएको जनाइएको छ । उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन् । फ्रेवुअरी २४ बाट पेरिसमा सुरु भएको यस फेशन विकको आज अन्तिम दिन हो ।

तपाईको प्रतिक्रिया