मेलबोर्न । अष्ट्रेलियाले पाँचौ पटक महिला टी२० विश्वकपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको सातौं संस्करणको विश्वकपमा भारतलाई फाइनलमा ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टी २० विश्वकप २०२० को उपाधि जितेको हो ।
महिल टी २० विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । २००९ को पहिलो संस्करण इंग्ल्याण्डले जितेको थियो भने २०१६ मा वेष्ट इन्डिज च्याम्पियन बनेको थियो । समूह चरणमा अष्ट्रेलिया भारतसंग पराजित भएको थियो ।
टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि भएको फाइनल खेल अस्ट्रेलियाको मेलबोर्न क्रिकेट मैदान (एमसिजी) भएको थियो । फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रनको विशाल स्कोर बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि बेथ मूनीले व्यक्तिगत ७८ र अलिसा हिलीले ७५ रन बनाउनु भएको थियो । महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष थियो ।
अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहेका थिए ।
अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहेका थिए ।