काठमाडौ । झरना थापाको निर्देशनमा शुटिङ्ग भइरहेको चलचित्र ‘ए मेरो हजुर ४’ टीमले होली मनाएको छ । शुटिङ्ग कै क्रममा मुख्य कलाकारहरु संग निर्देशक झरना थापाले होली मनाएको तस्विर सार्वजनिक गरेकी छिन ।

चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापाले होली खेल्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ । अनमोल र सुहानाको साथ सलोन बस्नेतलाई समेत देख्न सकिन्छ । अनमोल र सुहानाले एक अर्कालाई रंग लाउँदै होली खेल्न सुरु गरेका थिए । चलचित्रको शुटिङ्ग कै क्रममा चलचित्रका टिमले होली खेलेका हुन् ।

तपाईको प्रतिक्रिया