काठमाडौं। आज होली अर्थात् रंगहरूको पर्व। पहाडी तथा हिमाली जिल्लाहरुमा आज होली मनाइँदैछ। तर, यस वर्षको होली विगतमा जस्तो छैन।

विश्वव्यापीरुमा फैलिरहेको कोरोना भाइरसका कारण धेरैको होली घरभित्रै सीमित छ। विगतमा मेला, कन्सर्ट तथा एक आपसमा हर्षोल्लासका साथ होली मनाउने कलाकारहरु पनि यसवर्ष घरमै छन्। डिसी नेपालले केही कलाकारहरुलाई होली योजना सोधेको छ। जहाँ अधिकांशले आफ्नो यसवर्षको होली घरभित्र सीमित रहेको बताए।

दीपाश्री निरौला
यसवर्ष मेरो होली घरमै सीमित हुनेछ। विगतमा विभिन्न कन्सर्ट, कार्यक्रमहरु हुन्थें। त्यसमा व्यस्त हुन्थें। यसवर्ष कोरोना भाइरसको त्रासका कारण कार्यक्रमहरु छैनन्।

घरमा भाइ–बुहारी, भदैनी, बहिनीहरु हुनुहुन्छ। उहाँहरुसँग खानपान, रमाइलोमा यस वर्षको होली बित्दैछ। स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन। त्यसैले सम्पूर्णमा बढी भीडभाड गरेर होली नमनाउनुहोला पनि भन्न चाहन्छु।

प्रकाश सपूत
अहिले म ‘परदेशी २’को सुटिङका क्रममा पोखरामा छु। सुटिङ धमाधम चलिरहेकोले होली भनेर रमाउने माहोल पनि छैन। दिनभर सुटिङमै व्यस्त हुनेछु।

अर्जुन घिमिरे (पाँडे)
होलीको स्पेशल कार्यक्रम केही छैन। विगतका वर्षहरुमा रमाइलोसँगै मनाइन्थो। अहिले जताततै कोरोनाको त्रास छ। त्यसैले घरमै बसेर होली बित्नेछ।

शान्तीश्री परियार
बाहिर केही कार्यक्रम छैन, घरभित्रै सेलिव्रेशन गरेर होली बित्नेछ। मलाई बच्चैदेखि होली त्यति रमाइलो लाग्ने चार्ड होइन्। यद्यपी सांगीतिक क्षेत्रमा लागिसकेपछि होलीमा कन्सर्टहरुमा ब्यस्त हुन्थे। यसवर्ष कोरोनाका कारण कन्सर्टका कार्यक्रमहरु पनि छैनन्। त्यसैले दिनभर घरमै हुनेछु।

कमल खत्री
विगतका वर्षमा कन्सर्टहरुमा ब्यस्त हुन्थे। यसवर्ष कोरोनाको त्रासका कारण कार्यक्रमहरु त्यति छैनन्। अहिले घर (हेटौडा)तर्फ जाँदैछु। त्यहाँ आमाबुवासँग भेटघाट, खानपान, आराममै होली बित्नेछ।

अञ्जली अधिकारी
यसवर्ष होली काठमाडौंमा घरभित्र खानपानमै सीमित हुन्छ। विगतका वर्षहरुमा कार्यक्रमहरुमा ब्यस्त हुन्थेँ। अहिले कोरोना भाइरसको त्रास छ। केही साथिहरुसँग खानपान गर्ने र आराम गरेरै होली बित्नेछ।

तपाईको प्रतिक्रिया