काठमाडौँ : यहि २०७६ फाल्गुन २३ शुक्रबार गते राष्ट्रिय नाचघरमा लिटिल प्राइड अफ नेपालको ग्राण्ड फिनाले भएको थियो । उक्त कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्नो प्रस्तुती दिएका थिए । उक्त कार्यक्रम शुद्ध गायन, एकटिङ्ग र नृत्यको प्रतियोगिता थियो । कार्यक्रम एस टेलिभिजनबाट नेपालमा प्रशारण गरेका थिए र लिटिल प्राइड अफ नेपालको फेसबुक पेजबाट संसार भरी प्रशारण गरको थिए ।
नृत्य जुनियर तर्फ सौर्य कोइराला विजेता भएका थिए । भने, फस्ट रनर अप र्यामस राज आचार्य, सेकेण्ड रनर अप दिलिसा मैनाली, थर्ड रनर अप अनुस्था दाहाल, फोर्थ रनर अप साइना उप्रेती र पब्लिक च्वाइस विनर विषेश्ता पौडेल भएका थिए । साथै सिनियन तर्फ बिन्दु सरु मगर विजेता भएको थिए । भने, फस्ट रनर अप ग्रिष्मा घिमिरे, सेकेण्ड रनर अप रुबी खरेल र पब्लिक च्वाइस विनर रुबी खरेल भएका थिए । यस नृत्यमा सेलिना राजभण्डारीले बाल–बालिकाहरुलाई तालिम दिनु भएको थियो ।
एक्टीङ्ग तर्फ पुजसा न्यौपाने बिजेता भएका थिए । भने, फस्ट रनर स्मीती मगर, सेकेण्ड रनर अप रोमन राई र पब्लिक च्वाइस विनर स्मीती मगर भएका थिए । यस एक्टीङ्गमा किशोर अनुरागले बाल–बालिकाहरुलाई तालिम दिनु भएको थियो ।
गाएन जुनियर तर्फ बिभुत पोख्ररे विजेता भएका थिए । भने, फस्ट रनर बसिल पराजुली, सेकेण्ड रनर अप नाभिया फुयाल र पब्लिक च्वाइस विनर बसिल पराजुली भएका थिए । साथै सिनियन तर्फ मुष्कान परियार विजेता भएको थिए । भने, फस्ट रनर अप जेनिसा राई, सेकेण्ड रनर अप सुदिप तामाङ्ग र पब्लिक च्वाइस विनर मुष्कान परियार भएका थिए । यस गाएनमा रेखा पौडेलले बाल–बालिकाहरुलाई तालिम दिनु भएको थियो ।
उक्त कार्यक्रममा गोपाल ढकाल (छन्दे) ले कार्यक्रको बिच बिचमा रमाईलो प्रस्तुती दिनुका साथै एमसी पनि गरेका थिए ।
उक्त कार्यक्रममा गजीत विष्ट, सन्दीप भुजेल, साबित्री खत्री, राज लुइटेल, सिन्धु मल्ल, योगेश काजी, संगीता श्रेष्ठले निर्णायक भुमिका निभाउनु भएको कुरा यस ए.एन.पी. मेडिया हाउसका सीइओ लब बहादुर कार्कीले बताउनु भएको थियो ।




































