काठमान्डौँ ।
नेपाली लोक दोहोरी गीत संगीतमा जिवनको भोगाईमा आधारित रहेका गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक धनश्याम बोगटी र गायिका देवी धर्तिको आवाजमा रहेको ”जुनकीरी” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।
युवा युवती विचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । आफनी मायालुको यादले सदैब सताउने कुरा गीतमा गायकले गरेका छन । आफनो मायालुको माया नपाउदा आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिकाले गरेकी छन । मुकुन्द पौडेलको शब्द तथा संगीत र याम थापा मगरको लय सिर्जना गीतमा रहेको छ ।
राजेश घिमिरेको छायाँकन , दिपक विष्टको सम्पादन तथा विमल अधिकारीको निर्देशन भिडियोमा रहेको छ । ”जुनकीरी” गीतको भिडियोमा विमल अधिकारी र रञ्जिता गुरुङको अभिनय रहेको छ ।

”जुनकीरी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया