काठमाडौँ, फागुन ३० । युवा पुस्ताका माझमा लोकप्रियता कमाएका अभिनेता पल शाहले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफ्नी मिल्ने साथी आँचल शर्मालाई अनफलो गरेका छन् । लामो समयदेखि एकसाथ चलचित्रमा काम गर्दै आएको यो जोडीले एक अर्कालाई मिल्ने साथीको रुपमा परिचय गराउँदै आएका थिए ।
जब नायिका आँचलले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कसिन् त्यसको लगत्तै पलको इन्स्टाबाट आँचल हटेको बुझिन्छ । आँचल बिहीबार मात्र वैवाहिक जीवनमा बाँधिएकी हुन् । एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले विवाह गरेसँगै पलले आँचललाई आफ्नो इन्स्टाग्रामबाट हटाएसँगै पलको यो समाचार ट्रेण्डिगंमा आइरहेको देख्न सकिन्छ ।
पलले नायिका आँचललाई अनफलो गरेसँगै उनले इस्टामा फलो गर्नेको संख्या ७ छ । कैयौँ म्यूजिक भिडियो र केही चलचित्रमा एक साथ काम गरेको यो जोडीलाई दर्शकले खुबै रुचाएका थिए । तर आँचलले विबाह गरे लगत्तै पलले आँचललाई किन हटाए ? प्रश्न खडा भएको छ ।ओएस नेपालले आँचलका सबै तस्विरहरु उनको इस्टाग्रामबाट साभार गरेको हो ।