काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाले विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् ।

उषा खड्की आफैँले आफैंले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खाेलेकी हुन् ।

उषाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै अर्थ र आधार छैन। अब म भन्छु ‘नो’।

उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन्। उषा र जीपीका एक छोरा र एक छोरी छन् ।

यसअघि उषा र जीपीले डिभोर्सको चर्चा चलेपनि दुबैले डिभोर्सको हल्ला मात्रै भएको बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया