एजेन्सी– हरियाणाकी क्विन भनेर पनि चिनिने सपना चौधरीबारे आजभोलि भारतीय मिडियामा र सामाजिक सन्जालमा निकै धेरै समाचार देखिन थालेका छन् । पछिल्लो समय आएका समाचारअनुसार सपनाले हिरयाणाका गायक तथा अभिनेता वीर साहूले विवाह नै गरिसकेका छन् ।

तर, यसबो यी दुईले कुनै पनि त्यस्तो ठोस जानकारी दिएका छैनन् । न उनीहरुले औपचारिक रुपमा यसबारे बताएका छन् । तर, उनीहरुबीच सम्बन्ध रहेको समाचार चाहिँ केही पहिले देखि नै चर्चामा आएको थियो ।

केही पहिले एउटा अन्तर्वार्तामा सपनाले भनेकी थिइन्, ‘वीर राम्रो मन भएका मानिस हुन् । हामी दुवै एउटा क्षेत्रको भएकाले हाम्रो कुराकानी बढ्न थालेको हो ।’ तर, उनले विवाह गर्नेबारे केही बोलेकी छैनन् । वीरले पनि एउटा अन्तर्वार्तामा सपना उनका लागि सपना नभएको बताएका थिए ।

सपनालाई हरियाणाकी क्विन भनेजस्तै वीरलाई हरियाणाका बब्बु भनिने गरिएको छ ।

तपाईको प्रतिक्रिया