एजेन्सी- हालै दिएको एक अन्र्तवार्तामा बलिउड नायिका दिपिका पादुकोणले आफ्ना पूर्व प्रेमीलाई अरू कसैसँग रंगेहात भेट्टाएको खुलासा गरेकी छन्। उनले पूर्व प्रेमिको नाम नै नलिइ आफूले रंगेहात भेट्टाउँदा पनि ती पूर्वप्रेमीलाई दोश्रो मौका दिएर मुर्खता गरेको बताएकी छन् ।

उनले भनेकी छन् ‘म कति बेवकुफ थिएँ भने मैले उसलाई दोश्रो मौका दिएँ, जबकी उसलाई मैले रंगेहात भेट्टाएको थिएँ। उसले मसँग भिख मागेको थियो, बिन्ती गरेको थियोु म उसँग यति पागल थिएँ कि उसलाई मैले माफी दिएँ।। आफुले प्रेमबाट धोका पाएपछि यसबाट बाहिर आउन समय लागेको बताएकी छन् ।

दिपिकाको नाम रणवीर कपुरसँग जोडीएको थियो । त्यस्तै पूर्व भारतीय क्रिकेटर युवराज सिंह, व्यवसायी घरानाका सिद्धार्थ माल्या सँग पनि जोडिएको थियो तर बढी चर्चामा रणवीर कपुरसँगको प्रेम थियो । दिपिका हाल भने रणवीर सिंहसँग बिबाह गरेर सुखी जीबन बिताइरहेकी छन् । केही समय पहिले उनी अभिनित फिल्म छपाक प्रदर्शनमा आएको थियो तर व्यापार भने राम्रो गर्न सकेको थिएन् ।

तपाईको प्रतिक्रिया