काठमाडौं – नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को विश्व यात्रा स्थगित भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण कमेडी च्याम्पियनको विश्व यात्रा स्थगित गरिएको जनाइएको छ । नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आईरहेको यस रियालिटि शोको विश्व यात्रा हालका लागि स्थगित गरिएको बारे वर्ल्ड टुर म्यानेजर सन्तोष आचार्यले बताएका छन् ।

उनले कमेडी च्याम्पियन’को विश्व यात्रा कोरोनाको महामारीबाट विश्व समुदाय मुक्त भएपछि सञ्चालन गरिने उनले बताएका छन् । त्यस्तै उनले अस्ट्रेलियामा अप्रिल ११ बाट हुने कार्यक्रम पनि हालका लागि स्थगित गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया