काठमाडौ । नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् ।

आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् ।

उदिपको बुवाले आँचललाई बुहारी भन्दा छोरी पाएको अनुभव मिडियामा राख्दै भने, “अब नाति नातिना खेलाउने रहर छ त्यो चाँही चाडै पुरा होस् भन्ने छ ।” आँचलसंग छोराछोरीको आशा गरेको सुन्दै गर्दा आँचल लाजले भुत्तुकै भएकी थिईन ।

आँचलले प्राय सधै आफ्नो जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया