काठमाडौँ, ५ चैत – भारतीय अभिनेत्री भुमि पेड्नेकरले २०१९ को उत्कृष्ट अभिनेत्रीको प्राय अवार्ड हात पारिन् । २०१९ मा पति, पत्नी और वो, सांड की आंख र बाला जस्ता फिल्ममा अभिनय गरेर उनले आफुलाई राम्रो दर्जाको अभिनेत्रीका रुपमा प्रष्ट पारिसकेकी छन् ।उनले यो उपलब्धीका कारण २०१९ लाई निकै राम्रो समय मानेकी छन् । त्यस्तै यस उपलब्धीको श्रेय उनले काम गरेका फिल्मका निर्देशकहरुलाई दिएकी छन् । त्यस्तै उनले यो आफ्नो करियरको सुरुवाती चरण भएको बताउँदै आफुले आफैसंग प्रतिस्पर्धा गरि आफु अझै निखारिने बताएकी छन् । उनी अहिले फिल्म दुर्गावतीमा व्यस्त छिन् ।
भुमि भन्छिन् – “२०१९ ले जिवन बदलदियो “
