मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैयाँ पैसा भने खर्च गर्नु पर्ने छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाउँबाट धन आउने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । धनको लाभ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । भने, कुसैसंग मनमुटाव हुन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
श्रमको उचित मूल्यांकन हुनेछ । तर, काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पितृ धनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । पढाइमा मन जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

तपाईको प्रतिक्रिया