मुम्बइ। सोसल मिडिया सेन्सेसन पुनम पाण्डेले आफ्नो इन्स्टाग्राममा आफ्ना नयाँ ब्वाइफ्रेण्डसँगको तस्वीर शेयर गरेकी छिन् । फोटोमा पुनम आफ्नो चिरपरिचित बोल्ड लुकमा छिन् । शेयर गरेसँगै उनको यो फोटो भाइरल भएको छ । पुनमले शेयर गरेको फोटो निकै रिभिलिङ छ । उनको शरीरको माथिल्लो भागमा कुनै कपडा छैन ।
टपलेस पुनमको छेउमा उनका ब्वाइफ्रेण्ड उभिएका छन् । फोटोमा २ लाखभन्दा धेरै लाइक आइसकेका छन् । फ्यानहरुले भने २ जनाको उमेरको अन्तर हेर्दै ट्रोल गर्ने कोसिस गरेका छन् । केहीले बाबुछोरीका जोडीजस्तो देखिएको भनेका छन् । केहीले भने ब्वाइफ्रेण्ड पुनमको अंगलजस्तो देखिएको टिप्पणी गरेका छन् । अधिकांश कमेन्टमा उनको ब्वाइफ्रेण्डको उमेरको विषयमा कुरा गरिएको छ ।