काठमाडौं । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सरेको छ।
बिहीबार द हिडन ट्रेजरको बैठकले मिस नेपाल प्रतियोगिताका गतिविधि आगामी वैशाख १८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
यसपटक मिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो। द हिडन ट्रेजरले मिस नेपालले धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सिध्याइसकेको थियो।
यसअघि मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्मको लागि आवेदन खुला गरिएको थियो। प्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको थियो।