काठमाडौ चैत्र ०७ । नेपाली चलचित्रका चर्चित नायक बिराज भट्ट द्वारा अभिनित चलचित्र “हिट म्यान”  प्रर्दशनीको तयारीमा रहेको छ । एक्सन किङ्गको नामले समेत दर्शक माझ चिनिएका भट्ट अभिनित उक्त चलचित्रको निर्देशन तथा प्रस्तुती सुदन धितालले गरेका छन ।

चलचित्रमा बिराज संगै नायिका भुमिका के.सी, अशोक फुँयाल , अभिनयका बादशाह मुरलीधरको पनि सशक्त अभिनय रहेको छ । चलचित्र फरक धारको रहेको निर्देशक सुदन धिताल बताएका छन् ।

यसै चलचित्रको एक गीतमा नेपाली सुगम संगीतमा ख्याती प्राप्त गायिका मिरा कार्कीको स्वरमा “कसम तिम्रै” बोलको गीत समाबेस गरिएको छ । उक्त गीत गायिका कार्कीको “बहार” नामक एल्बममा समाबेस गरेर यस अघि नै सार्बजनिक गरिएको थियो । गीतको चौतर्फी चर्चा भएपछी चलचित्रबाट माग आउँदा मिरा अत्यन्त खुसि रहेकी छिन् ।

चलचित्र “हिट म्यान” का लागि यो गितमा मिरा कार्कीको स्वर संगै बिवि अनुरागीको स्वर , संगीत र संगीत संयोजन रहेको छ भने सुमन श्रापितको शब्द ,रामकृष्ण चौलागाँइको छायांकन , प्रवल प्रधानको सम्पादन , सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ । यस गीतको भिडियोमा चलचित्र भित्र कलाकारमा मोहन घिमिरे, दिनेश राज के.सी , उषा कार्की , अस्मिता लामा लगायतका जोडदार अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया