काठमाडौं चैत्र ०७ । शंख्यात्मक रुपमा करिब १ हजार भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार रामु खड्काको सुमधुर स्वरमा एक गीत भर्खरै सार्बजनिक भएको  छ । “सोझोपन” नामको साथमा बजारमा आएको उक्त गीतमा सर्वप्रिय गायिका  विष्णु माझीको पनि स्वर मिश्रण रहेको छ ।

मालती डिजिटल प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सन्ध्या केसीको शब्द रहेको छ । गायक खड्काको संगीत रहेको गीतमा माया गर्ने प्रेमी बाध्यताले बिछोडिए पछि एकअर्कालाई आरोप लगाएको भावलाई समेटिएको छ । विनोद बाजुररालीको संगीत संयोजन र कपिल लामाले निर्देशन रहेको गीतको भिडियोमा सारिका केसी र हरिकुमार श्रेष्ठको अभिनय रहेको छ ।

खड्का गीत लेखन, संगीत र गायन सबै विधामा आफूलाई प्रस्तुत गर्दै आएका छन् । एक दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय खड्का सल्यानको अति विकट ढाकाडाम २ भालुखोलामा जन्मिएका हुन् । उनले साथी बनेर, मर्ने मिति, कस्को सिन्दुर, आजभन्दा भोलि माया, बरु यसै दुःखी छु, रोएर हेर, नियति, सधै कुरिरहन्छु जस्ता गीतमा संगीत भरेका छन् ।

उनी ‘राप्ती म्युजिक अवार्ड–२०७१’, ‘राष्ट्रिय लोकदोहोरी म्युजिक अवार्ड–२०७३’, ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७३’, ‘छायाछवि तीज म्युजिक अवार्ड–२०७५’, ‘इपिक नेपाल म्युजिक अवार्ड–२०७५’ लगायतबाट सम्मानित भएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया