काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले विश्व नै आतंकित बनिरहेको छ । हाल नेपालमा यसको संक्रमण नदेखिएपनि यसको चपेटामा जनताहरु परेका छन् । तर, यस्तो विषम परिस्थितिमा नेपालमा केही मानिसहरुले एक अर्कालाई सहयोग गर्दै मानवता देखाइरहेका छन् । झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवं युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिट र राजन कटुवालले आफ्नो लक्ष्मीपुर बजारमा रहेको मार्केटमा सटरभाडामा लिइ व्यापार गर्ने ब्यापारीलाई एक महिनाको महिनाको भाडा नलिने घोषणा गरेका छन्। कटुवाल परिवारले दुइवटा भवनमा रहेको २० वटा सटरमा चैत महिनाको करिब एक लाख बढी रकम भाडावालालाई नलिने भएका हुन् । धेरै मानिसको जनजीवन प्रभावित भई काम धन्दा गुमेको भन्दै भाडा नलिएको राजन कटुवालले बताए ।
निल डेबिट चर्चित हेयर हेयर स्टाइलिस्ट हुन् । निल डेबिटको देश तथा विदेशमा निल डेविड इन्टरनेसनल हेयरएन्ड ब्युटी सैलुनको रुपमा संचालन छन्, उहाले आइतबारदेखि दर्जनभन्दा बढी नीलडेविड्स सलूनहरु आइतबारदेखि बन्द गर्ने घोषणा गरिसकेका छन् ।