काठमाडौँ : परिवर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले हालको लक डाउनको अवस्थामा सडकमा आश्रय लिएर बसेका जनावरहरू बिशेष गरेर कुकुरहरू आहाराको अभावमा भोंक भोकै परेको देखिन आएकाले उनीहरूको जीवनका लागि मानव जातिले आपूर्ति गर्दै आएको भोजन अथवा खाद्यान्न वर्तमान समयमा पनि यथावत गरिदिन हुन सबैमा आग्रह गर्नु भएको छ ।
वहाले वक्तव्य मार्फ़त भन्नु भएको छ -सडकमा आश्रित पशुहरू विशेष गरेर कुकुरहरू रेष्टोरेन्टमा वचेका खानाहरू र समुदायका व्यक्तीले दिएको खाद्यान्न मार्फ़त आफ्नो जीवनलाई सुचारू गर्दै आएका थिए ।
वर्तमान समयमा रेष्टोरेन्ट पसलहरू सबै बन्द रहेको र समुदायमा पनि मान्छेहरू कोरोनाको संक्रमणको त्रासदी मा रहेकाले सडकमा आश्रित पशुहरू समस्यामा परेको देखिन आएकाले हामीहरूले आफ्नो निवास नजिकै देखिएका पशुहरूलाई विशेष गरेर कुकुरहरूलाई थोरै भए पनि खानेकुरा उपलब्ध गराईदिई उनीहरूको जीवन यापनमा सहयोग गरिदिन हुन सबैमा विनम्र अनुरोध गर्दछु ।
साथै कोभिड १९ बाट बच्नका लागि निर्धारित उपायहरू अवलम्बन गर्नुका साथै अपरिचित पशुहरू छोईएमा सावुन पानीले हात धुने वा सेनिटाईजर प्रयोग गरि सुरक्षित रहन पनि अनुरोध गर्दछु ।
कोभिड१९ को संक्रमण लम्विएमा हामी यसरी नै सुरक्षित रहनु पर्ने भएकाले काम गरेर गुज़रा चलाउनु पर्ने मान्छेहरूमा पनि बाच्नलाई खानु पर्ने समस्या जटिल रूपमा देखिने हुदा सरकारले यों मानवीय जटिल समस्या तर्फ पनि ध्यान दिनु ज़रूरी भएको कुरा पनि औल्याउन चाहन्छु ।
वातावरण स्वच्छ भए प्रकृति स्वच्छ हुन्छ,प्रकृति स्वच्छ भए पृथ्वी स्वच्छ हुन्छ,पृथ्वी स्वच्छ भए मात्र हामी निरोगी रहन सक्छौ । आफु पनि बाचौं , अरूलाई पनि बचाऔं – ।

तपाईको प्रतिक्रिया