ललितपुर, १४ चैत्र । ललितपुर सुनाकोठी निवासी दिलमन खड्का एक समाजसेवी एवं राजनीतिमा सक्रिय ब्यक्ति हुनुहुन्छ । उहाँले अहिले बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोभिन १९ र कोरोना भाइरस लाई लिएर चिन्ता व्यक्त गर्दै आफु बस्ने स्थान सुनाकोठी वडा नं.२७ मा रहनु हुने र सम्पुर्ण नेपालीहरुमा सरसफाईमा ध्यान दिनु हुन र अहिले यस दुखद घडीमा सरकारको नियमलाई पालना गर्नु हुन अनुरोध गर्नु भएको छ ।
साथ, साथै आफू बस्ने ठाँउमा र कोहि नेपालीलाई यो कोभिन १९ को संक्रमण नहोस् र भवितव्यता यदी आफु बस्ने ठाँउमा कोसैलाई यो भाईरस देखिएमा आफुले ५ जनासम्म संक्रमितलाई ब्यक्तिगत रुपमा रु दुई लाखको दरले आर्थिक सहयोग गर्नेे बताउँनु भएको छ । दिलमन खड्का ललितपुर काङ्ग्रेस एकाई सभापति हुनुहुन्छ । उहाँले आ आफ्नो ठाउँबाट जे जति सहयोग गर्न सकिन्छ सबै मनकारी मनहरुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया