काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमण(कोभिड–१९)का बिरामीहरु उपचार गर्ने राजधानीका विभिन्‍न अस्पतालमा १५ बिरामी आइसोलेसनमा रहेको बताएको छ ।

शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले तीमध्ये दुईजनामा मात्रै कोरोना संक्रमण भएको बताए । बाँकी भने संक्रमणको आशंकामा छुट्टै राखेर उपचारमा रहेका बिरामीहरु हुन् ।

तपाईको प्रतिक्रिया