काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउनको शनिबार पाँचौं दिन हो ।

पाँचौं दिनसम्म आइपुग्दा पनि सवारी साधन चलाएर लकडाउन उल्लंघन गर्नेहरुको कमी भने आएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक राजेश सिलवालका अनुसार यसअघिका दिनकै तुलनामा शनिबार पनि गाडीहरु चलेका छन् ।

सवारी चलाएर लकडाउन उल्लंघन गर्नेहरुमा भने कमी नआएको सिलवालले बताए ।

उनका अनुसार बुढानीलकण्ठको कामीटारमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो दुर्घटनामा परेका मोटरसाइकल चालकको मृत्यु भएको हो । दिउँसो दुर्घटना परेका उनको राति १२ बजे वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार २ सय १६ सवारी साधनलाई प्रहरीले कार्वाही गरेको छ । लकडाउनमा कुनै अत्यावश्यकीय पास बिना नै सवारी चलाउनेहरुलाई कार्वाही गरिएको हो ।

२ सय १६ मध्ये १ सय ८६ मोटरसाइकल र ३० वटा साना गाडीहरुलाई होल्ड गरिएको प्रहरी निरीक्षक सिलवालले बताए ।

सिलवालका अनुसार केही सवारीलाई अझै नियन्त्रणमा राखिएको छ भने अधिकांशलाई छाडिएको छ ।

लकडाउनका समयमा घरमै रहन आग्रह गरिए पनि उल्लंघन गर्नेको कमी छैन ।

बिहीबार २ सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरीले कार्वाही गरेको थियो ।

तपाईको प्रतिक्रिया