काठमाडौ । कोरोना भाइरसले देश लकडाउनमा परेका बेला सामाजिक सञ्जाल तित्र्र गतिमा चलेका छन् । सबैकैको अहिले मन भुलाउने ठाउ भनेको इन्टरनेट नै भएके छ । क्यामेरा र हार्मोनियम खेलिरहने कलाकारहरु अहिले सामाजिक सञ्जालमा पुराना तस्विरहरु सावृजनिक गर्दै अतित सम्झिरहेका छन् । अहिले सक्कि गो नि कलाकार दीपक आचार्यको पुराना तस्विरमा एकजनाले कमेट गरिसकेपछि अरुलाई थप्न सजिलो परेन । त्यस पछि अरुले पनि मेरो पुराना यादगार तस्विर भन्दै फेसबुकमा हालिरहेका छन् । अभिनेत्री बर्षा राउतले निकै पुरानो तस्विर अभिनेता राजेश हमालको साजेदार तस्विर सार्वजनिक गरेकी छन ।

त्यस्तै अर्की लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपा श्रीको पनि फोटो सार्वजनिक होडबाजी चलिरहेको देखिन्छ । कोही कलाकार योगा गरिरहेको देखिन्छ । अभिनेत्री बर्षा शिवाकोटी योगा गरेको तस्विर सार्वजनिक गरिरहेकी छन् । उनी पनि के कम दिग्दार भएको बेला पुराना तस्विर सार्वजनिक गर्दै तस्विर आतङकमा सामेल भएकी छन् ।  कोही कलाकारहरु यसैलाई रमाइलो मानिरहेका छन् भने कोही दिग्दार मानेका छन् । अभिनेत्री रेखा थापाले यसलाई हसज स्वकिार गरेकी छन् भने अरुले पनि पनि सहमती जनाएका छन् ।

फेसबुकमा पोस्ट गरिएका पुराना तस्विरहरुमा पुनः कमेन्ट गरेर ति तस्विरहरुलाई भाइरल बनाउने काम भइरहेको छ । फेसबुक प्रयोगकर्ताहरु यसरी फन्नी कमेन्ट गरेर हाँस्न र हसाँउन खुबै रमाइलो मान्छन् । यतिबेला फेरी यस्तै भएको छ । अन्य व्यक्तिहरु लगायत सेलिब्रेटिहरुका पुराना तस्विरहरु पनि अगाडि आइरहेका छन् । शारिरिक वनावट र अलग फेशन भएका दशक पुरानो तस्विरहरु हेर्दा एक खाले मनोरञ्जन भएको छ । अभिनेता अभिनेत्री मात्र नभएर गायक गायिकाहरु पनि यसको सिकार भएका छन् । यसलाईरमाइलो मानिरहेका छन् भने कोही रिसाएका पनि देखिन्छन् । जे होस् लकडाउनको मज्जा सबैले यसैलाई मानिरहेका छन् । कमसेकम दिन कटाउने मेलो त भएको छ नि हैन र ?

तपाईको प्रतिक्रिया