काठमाडौ । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सिङो मानव जगत माथी हाबी भइरहेको यो असामान्य परिस्थितिमा सम्पुर्ण मानव जातीसंग धर्य, साहास र इच्छा शक्तिको आवाश्यकता पर्दछ, धर्य र साहासको तारताम्यता आम जनमानसमा रहेता पनि, इच्छाशक्ति नेतृत्व बर्गमा हुन जरुरी रहेको निर्देशक ः बिश्वदीप घिमिरेको भनाई छ ।

उनी भन्छन् , नोवेल पुरस्कार बिजेता माईकल लेमिटका अनुसार यो असामान्य परिस्थितिको सबै मिलेर सामना गर्नुनै सामान्य परिस्थिति शृर्जना गर्नु हो, जुन अहिले भईरहेको छ । र, छिट्टै नै यो सङ्क्रमणको अन्त्य हुनेछ, यहाँ मनोबैज्ञानिक तवरले जनमानसमा सकारात्मक उर्जा सहित उच्च मनोबल वृद्धि गर्न खोजिएको छ वास्तमा अहिलेको परिस्थिति अनुसारको कोभिड १९ को उच्चस्तरीय औषधि नै यहि हो भनेर सृष्टिमै मानबिय चरित्र देखाउँन खोजिएको छ ।

यसै प्रक्रियालाई आत्मासाथ गर्दै बड्ने हो भने यो संक्रमणको बिश्वयुद्धबाट सजिलैसंग पारपाउँन सकिने छ, जसका लागि सम्बन्धि राज्यका सम्पुर्ण निकायहरु सुरक्षित र सजकता साथ अघिबड्नु पर्ने देखिन्छ, यस्तो अवस्थामा धेरै नै असहज परिस्थितिको सामना गर्नु पर्ने हुन्छ नै राज्य र जनताले, एक तर्फिरुपले संक्रमणको अवस्थाको फाईदा उठाई कुनै पनि पक्षले राजनीतिक प्रहार गर्छ भने त्यो देश र जनता प्रतिको गद्दारी र संक्रमण फैलनुको मुख्य कारण त्यहि हुन जान्छ । सहकार्य, सद्भाव र राष्ट्रिय एकतालाई आत्मासाथ नगरी असहज परिस्थिति माथि खेल्ने हो भने सिङो देश कोरोनामय हुनेमा कुनै दुबिधा रहदैन ।

हाम्रो देशको गलत राजनीतिक संस्कारले प्रकृति बिपत्ती, स्वास्थ, शिक्षा, बेरोजगारी, भ्रष्टाचार जस्ता जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने कयांै क्षेत्रहरू राष्ट्रीय बिकृतिको रुपमा रहेको छ, परिणाम स्वरूप अहिले देखिएको कोभिड १९ सङ्क्रमण राज्यको कमजोर स्वास्थ प्रणालीको सिकार बन्न पुगेको यो परिस्थितिमा सम्पुर्ण देश बासिहरुले स्वयं आफैले आफ्नै निम्ति धर्य, साहास र इच्छाशक्तिका साथ आफु सुरक्षित रहनुको बिकल्प रहदैन यद्यपि दुर्भाग्यपूर्ण संक्रमणको भुमरीमा हराईने निश्चित प्राय छ । घिमिरे चलचित्र निर्देशक एवं चलचित्र संरक्षण मन्चका महासचिव हुन् ।

तपाईको प्रतिक्रिया