काठमाडौं । अभिनेता पल शाहले कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई पाँच लाख सहयोगको घोषणा गरेका छन् । शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत सो सहयोगको घोषणा गर्दै सहजीकरण गरिदिन चलचित्र प्राविधिक संघलाई आग्रह गरेका छन् ।

‘बिश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु ।
मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल ले सहजिकरण गर्ने आशा गरेको छु। मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रू ५,००,००० ( पाँच लाख) रूपैयाँसहयोग गर्ने घोषणा गर्दछु। आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैको साथमा म सधै हुनेछु,’ शाहले लेखेका छन् ।

तपाईको प्रतिक्रिया