कोभिड १९ ले विश्व नै त्रसित छ। चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको यो भाइरस मान्छेबाट मान्छेमा सर्ने गर्दछ। सोहि कारण पनि भिडभाड बाट टाढा रहन यसको बचाउको पहिलो कदम हो। नेपालमा पनि अहिलेसम्म ६ जना कोरोना प्रभावित विरामी भेटिएका छन्। १ जना निको भैसकेका छन् भने ५ जना सामान्य अवस्थामा उपचार गरिरहेका छन्। देश लकडाउनमा गएको दोश्रो साता सकिने तयारीमा रहेको छ। यो बेलामा गरेर खाने समुदायको लागी निकै कठिन समय भैरहेको छ। त्यो संगै कठिन समय त सडकमा रहेका जनावरका लागी भैरहेको छ। मानिस बाहिर निस्किएका छैनन्। होटल, क्याफे केहि खुल्ला छैनन्। यसले सडकमा भएका जनवारको लागी खानाको अभाव भैरहेको छ। आज ‘वर्ल्ड स्ट्रे एनिमल्स डे’ अर्थात् ‘विश्व सामुदायिक पशु दिन’। हरेक बर्ष अप्रिल ४ मा यो दिन मनाउने गरिन्छ। आवारा जनावर र सडकमा रहेका पशुहरुको उचित व्यवस्थापन र खानपानको लागी काम गरिने गरिन्छ।

लकडाउनको यो बेलामा सबै मान्छे घरभित्र भएको बेला सडकमा रहने जनावरले खान पाउने अवस्था मुस्किल रहेको छ। सोहि जनावारको सहयोगका लागी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सन्चालन गरिरहेको ‘आयांका फाउन्डेसन’ ले १ लाख सहयोग गर्ने भएको छ। नेपालमा केहि संस्था यस्तो कामको लागी निरन्तर खटिएका छन्। आज आयंका जोडीले ‘एनिमल नेपाल’ नामक सस्थालाई एक लाख हस्तान्तरण गरेका छन्। यसको साथमा अन्य ५ सस्थाले साथ मिलेर यो अवस्थामा काम गर्नेछन्।

यो संगै एनिमल नेपालले चलाउने, ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ। यो अभियानमा आफ्नो घरमा रहेको बोतल अथवा अन्य केहि भाडामा आफ्नो घर अगाडी पानी र खाना राख्नको लागी अनुरोध गरिनेछ। यसले गर्दा जनावर भोकै बस्नुपर्दैन। मानवताको नाता यस्तो बेलामा देखाउन सवैले कोसिस गरौ।

तपाईको प्रतिक्रिया