काठमाडौं – भारतका चर्चित कलाकार श्याम सुन्दर कलानीको निधन भएको छ । रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको शुक्रबार निधन भएको भारतिय मिडियाले जनाएको छ ।

रामानन्द सागरको धाराबाहिक रामायणमा उनले बाली र सुघ्रिब दाजुभाई बनेर अभिनय गरेका थिए । उनको अभिनय धेरैले रुचाउने गर्थे । उनी केहि समयदेखि बिरामी रहेका थिए । उनको निधनप्रती रामायणका कलाकारहरुले दुख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया