काठमाडैाैं – नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ।

२०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ। रामेश्वर हुमागाइले छायांकन गरेको चलचित्र शुबास देबकोटाले सम्पादन गरेका हुन्।

फिल्ममा पवन भट्टराई, ओकेश पनेरु , अनुपा खड्का , सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगाएतको अभिनय रहेको छ।

भुकम्प बाट बिस्थापित भएका पात्रको कथा बोकेको चलचित्रमा बलात्कारको बिषय लाइ पनि उठान गरिएको छ । प्रदशनको बेला एभेन्जर , छक्कापच्जा २ जस्ता चलचित्र संग जुध्नु परेको चलचित्र “कालो वर्ष”ले युट्युबमा भने दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको दाबी छ। भिडियाे :

https://www.youtube.com/watch?v=Xax-ywZotd8

तपाईको प्रतिक्रिया