विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन पनि १ महिना पुगिसकेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र घरमा बसेर बनाइएका लकडाउन सम्बन्धि सर्ट मुभीहरु सार्वजनिक भएका छन । यस्तै लकडाउनको समसामयिक बिषयमा १३ बर्षीय बालकलाकार विवेकराज दाहालको परिकल्पना ,अभिनय र निर्देशनमा ‘कहिले सम्म लकडाउन’नामक शर्ट मुभी सार्वजनिक भएको छ लामो समयको लकडाउनले परिवारमा कस्तो असर पार्छ कुरालाई नै शर्ट मुभीमा निकै मार्मिक ढंगबाट देखाइएको छ। सानै उमेरमा गरेको उनिभित्र रहेको यो अभिनय र निर्देशकीय क्षमतालाई हेर्दा उनले भबिष्य धेरै देखिन्छ। बालकलाकार विवेकराज दाहाललाइ हाम्रो तर्फबाट शुभकामना

तपाईको प्रतिक्रिया