काठमाडौं- नायिका शिल्पा मास्केले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने बताएकी छिन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोक्ल लकडाउन लागू गरेको अवस्थामा यसको पूर्ण पालना गर्नुपर्ने उनले बताएकी छिन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ ।

शिल्पाले पनि आफ्नो यो समय परिवारसँग बिताउँदै आएको बताएकी छिन् । शिल्पाले यो समयमा आफूलाई प्रोडेक्टिभ बनाउन प्रयास गरिरहेको जानकारी दिइन ।

लकडाउनका कारण घरबाट बाहिर निस्किन नपाउँदा धेरैलाई अत्यास र निराश लागेको भए पनि यस्तो परिस्थितिमा धैर्यता र सकारात्मक सोच राख्नुपर्ने उनको भनाइ छ ।

चलचित्र द ब्रेकअपबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेकी मास्केले कागजपत्र, सानो मन, काठपुतली जस्ता चलचित्रमा अभियान गरेकी छन ।

उनले नेपाली चलचित्र क्षेत्रमा मात्र नभई हलिउड, बलिउडमा पनि अभिनय गरेकी छन् । शिल्पा मास्केले हलिउडमा डाक्टर स्ट्रेन्ज, मिसन इम्पोसिभल, फलआउट जस्ता चलचित्रमा अभिनय गरेकी छन भने हलिउड सर्ट फिल्म ’एलिफेन्ट’ मा पनि अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया